२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडौं। नेपाल सरकार, गृह मन्त्रालयले विपद् सम्बन्धी सूचना, समस्या, गुनासो तथा सुझावका लागि निःशुल्क टेलिफोन नम्बर १२३४ सञ्चालनमा रहेको जनाएको छ। उक्त नम्बरमा फोन गर्दा सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) सँग सिधा सम्पर्क हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका अनुसार बाढी, पहिरो, भूकम्प, हावाहुरी, डढेलो, अविरल वर्षा, हिमपहिरो, हिमताल विस्फोट, खडेरी, चट्याङ तथा शीतलहरजस्ता विपद्का घटनाबारे जानकारी गराउन, समस्या राख्न वा गुनासो तथा सुझाव दिन नागरिकले १२३४ नम्बरमा निःशुल्क फोन गर्न सक्नेछन्।

मन्त्रालयले विपद्का बेला समयमै सूचना दिन, सरकारी निकायबाट जारी हुने पूर्वसूचना तथा चेतावनीको अनिवार्य पालना गर्न र आफू सुरक्षित रहँदै समुदायलाई पनि सचेत गराउन आग्रह गरेको छ। हाल मन्त्रालयले “सतर्क समुदाय, सुरक्षित नेपाल -१२३४ लाई सम्झनुहोस्” भन्ने जनचेतनामूलक अभियान पनि सञ्चालन गरिरहेको छ।

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीमा सुधार आएको भन्दै अबदेखि देशभर पुनः १४.२ केजी क्षमताको पूरा एलपी ग्यास सिलिन्डर बिक्री-वितरण गर्ने निर्णय गरेको छ। 

निगमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतीय आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङ अवस्था सहज बन्दै गएको र उपभोक्ताबाट १४.२ केजी सिलिन्डरको उच्च माग रहेकाले अस्थायी रूपमा लागू गरिएको ७.१ केजी ग्यास भर्ने व्यवस्था हटाइएको हो। 

नयाँ व्यवस्थाअनुसार असार ३१ गतेदेखि देशभर १४.२ केजी ग्यास भरिएको सिलिन्डर साविककै रु. २,०६० मा बिक्री–वितरण हुनेछ। निगमले केही समयसम्म ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर बजारमा देखिन सक्ने भएकाले उपभोक्तालाई ग्यासको तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न आग्रह गरेको छ।

निगमले भारतीय आयल कर्पोरेशनबाट एलपी ग्यास नियमित रूपमा आयात भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।