२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडौं।  एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआईरटीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणिकरण पाएको घोषणा गरेको छ ।

यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टीएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई थप उजागर गर्दछ । इन्टिग्रेटेड डाटा सेन्टरका रुपमा समेत चिनिएको यो डाटा सेन्टर सरकारद्वारा सुचिकृत भएको नेपालकै पहिलो डाटा सेन्टर तथा क्लाउड सेवा पनि हो ।

यो प्रमाणीकरणले एनसेल डाटा सेन्टरको डिजाइन रेटिङ थ्री को मापदण्डअनुसार रहेको पुष्टि गर्दछ, जसले अत्यावश्यक र सम्वेदनशील कार्य सञ्चालन गर्नका लागि समानान्तर रुपमा मर्मत गर्न सकिने उच्च उपलब्धता, उच्च अतिरिक्तता र प्रतिकूलताबाट छिट्टै उठ्ने क्षमताका पुर्वाधार उपलब्ध रहेको सुनिश्चित गर्दछ । अधिकतम अपटाइमका लागि डिजाइन गरिएको यो डाटा सेन्टर पुर्वनिर्धारित मर्मत वा आकस्मिक घटनाहरूको समयमा पनि बिना कुनै अवरोध सञ्चालनमा रहन सक्षम छ, र पूर्ण रूपमा अतिरिक्त विद्युत आपुर्ति, कुलिङ तथा नेटवर्क प्रणालीमार्फत लगभग ९९।९८२५ उपलब्ध रहन्छ ।

यो मूल्यांकन तथा प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसन ९टीआईए०बाट अधिकार प्राप्त अडिट र प्रमाणीकरण गर्ने संस्था डाटा सेन्टर मिडिया एलएलपीले गरेको हो ।

“यो प्रमाणीकरण एनसेलका साथै नेपालकै लागि पनि एक कोशेढुङ्गा हो किनकी नेपालबाट डिजाइन एन्ड कम्स्ट्रक्टेड फसिलिटीमा यो टीआईएको प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर पहिलो हो,’’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने । “हामी विश्वस्तरीय डिजिटल पूर्वाधार उपलब्ध गराउन प्रतिबद्ध छौँ, जसले स्थानीय व्यवसायहरूलाई विस्तार गर्न आत्मविश्वास दिन्छ र सरकारको डिजिटल रूपान्तरणको महत्वकांक्षालाई पनि योगदान पुर्‍याउँछ । विभिन्न संवेदनशील क्षेत्रका ग्राहकहरूले अब नेपालमै होस्ट गरिएका सुरक्षित र सधैँ उपलब्ध सेवाहरूमा भरोसा गर्न सक्छन्, किनकि विश्वसनीयता त्यस्ता व्यवसायहरूका लागि अत्यावश्यक छ जसले सेवा अवरुद्ध हुने अवस्थाको परिकल्पना समेत गर्न सक्दैनन्।”

एनसेल डाटा सेन्टरले सूचना सुरक्षा र गोपनीयता सम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासका लागि आईएसओ २७००१ र आइएसओ २७७०१ मान्यता पनि प्राप्त गरिसकेको छ, जसले सुशासन, डाटा संरक्षण अनि जोखिम व्यवस्थापन प्रक्रियाहरूलाई थप बलियो बनाउँछ । यसका साथै एनसेलले आईएसओ ९००१ र १४००१ मान्यता पनि प्राप्त गरिसकेको छ । यसले कम्पनी सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्न सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्दछ ।

यो प्रमाणीकरणले एनसेल बिजनेसको क्षमतामा थप अभिवृद्धि भएको छ । यसले बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनीहरू, सरकारी निकाय, साना तथा मझौला उद्योग र ठूला व्यवसाय लगायतका सेवाग्राहीहरुलाई डिजिटल सेवा उपलब्ध गराउन अनि नियामकीय नियम कानुनको पालना गर्दै अत्यन्तै संवेदनशील सेवाहरू सुरक्षित एवं अत्यन्त भरपर्दो पूर्वाधारमार्फत उपलब्ध गराउन एनसेल बिजनेस दक्ष रहेको पुष्टि गर्दछ । यसका साथै यि प्रमाणीकरणले बैङ्किङ कारोबार, इन्टरप्राइज रिसोर्स प्लानिङ प्लेटफर्महरू र अनलाइन सेवाहरू जस्ता महत्वपूर्ण प्रणालीहरूको डाउनटाइम अर्थात् निस्कृय रहने समयलाई न्यूनतम बनाउन मद्दत गर्नुका साथै अडिट र कम्प्लाएन्ससँग सम्बन्धित आवश्यकताहरूलाई सरल बनाउँछ।

रेटेड ३ डिजाइनले बिल्ट इन रिडन्डेन्सी, बलियो ब्याकअप प्रणालीहरू र मर्मत वा अप्रत्याशित घटनाहरूका बेला न्यूनतम अवरोध मार्फत व्यापार व्यवसायलाई निरन्तरता दिदै विपद् पुनःस्थापनालाई मजबुत बनाउँछ जसले व्यवसायिक संस्थाहरूलाई आउटेज, साइबर इन्सिडेन्ट वा प्राकृतिक विपत्तिका बेलामा पनि आफ्नो सेवा सञ्चालन कायम राख्न सक्षम बनाउँछ । यो प्रमाणीकरणले नेपालको डिजिटल रूपान्तरणमा पनि योगदान गर्दछ । यसले महत्वपूर्ण डाटाको सुरक्षित स्थानीय होस्टिङलाई सक्षम बनाएर डाटा सार्वभौमिकता बलियो बनाउँछ, विदेशी पूर्वाधारमा निर्भरता घटाउँछ र देशलाई उदीयमान डिजिटल हबको रूपमा अगाडि बढाउँछ।

एनसेलले प्राप्त गरेको प्रमाणीकरण र कम्प्लाएन्स मापदण्डहरूबारे थप जानकारीका लागि कृपया यो लिङ्कमा जानुहोस् https://www.ncell.com.np/en/business/certifications

काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई सुशासन, आध्यात्मिक पुनर्जागरण र पारदर्शी व्यवस्थापनको केन्द्रका रूपमा विकास गर्नुपर्ने भन्दै नयाँ विस्तृत प्रस्ताव सार्वजनिक गरिएको छ ।

कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाई ले पशुपति क्षेत्र विकास कोषलाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त, पारदर्शी र धार्मिक अनुशासनमा आधारित संस्थाका रूपमा रूपान्तरण गर्नुपर्ने भन्दै व्यापक सुधारको खाका अघि सारेका हुन् ।

उनका अनुसार पशुपति क्षेत्र केवल धार्मिक स्थल मात्र नभई राष्ट्रको नैतिक चेतना, सदाचार अभियान र आध्यात्मिक शक्ति केन्द्र भएकाले यसको व्यवस्थापन पनि पूर्ण रूपमा धर्म, सेवा र पारदर्शितामा आधारित हुनुपर्छ ।

सदाचार अभियान पशुपतिबाटै सुरु गर्ने प्रस्ताव : हुमागाईले पशुपतिनाथ परिसरबाट नै देशव्यापी सदाचार अभियान सुरु गर्न सकिने दाबी गरेका छन् । राज्यका उच्च पदाधिकारी, प्रशासनिक संयन्त्र र नागरिक नेतृत्वलाई एउटै स्थानमा धार्मिक संकल्प र शपथमार्फत नैतिक जिम्मेवारीबोध गराउने अवधारणा उनले प्रस्तुत गरेका छन् । उनले पशुपति क्षेत्रबाट संकलित भेटी, दान तथा शिवस्वलाई कुनै पनि अवस्थामा व्यक्तिगत लाभका लागि प्रयोग गर्न नहुने स्पष्ट धारणा राखेका छन् ।

पूजा व्यवस्थामा व्यापक सुधारको प्रस्ताव : उनले पशुपति क्षेत्रका सबै मन्दिर, पीठ तथा देवस्थलहरूमा नित्य पूजा, पर्व पूजा र विशेष अनुष्ठानलाई वैदिक विधिअनुसार व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । बासुकीनाथ, गुह्येश्वरी, भुवनेश्वरी, विश्वरूपा लगायत सम्पूर्ण देवस्थलमा नियमित पूजा व्यवस्था, शिवलिङ्गमा जल–पञ्चामृत–बेलपत्र अर्पण, तथा पूजा सामग्रीको शुद्धता परीक्षण प्रणाली लागू गर्ने प्रस्ताव समेत अघि सारिएको छ । त्यसैगरी बागमती नदीलाई गङ्गा स्वरूप मानी यसको शुद्धता कायम राख्न सुन्दरीजलबाट स्वच्छ जल आपूर्ति प्रणाली सुनिश्चित गर्नुपर्ने उनको धारणा छ ।

भक्तजनका लागि नयाँ दर्शन प्रणाली : हुमागाईले दर्शन व्यवस्थालाई भेदभावरहित, व्यवस्थित र भक्तजनमैत्री बनाउन डिजिटल तथा परिचयपत्र आधारित प्रणाली लागू गर्नुपर्ने बताएका छन् । उनका अनुसार नित्य दर्शनार्थी परिचयपत्र, विदेशी भक्तजनका लागि परम्परागत शुद्धिकरण प्रक्रिया, तथा भक्तजनलाई सम्मानजनक लाइन व्यवस्थापन प्रणाली लागू गर्न सकिन्छ ।

आर्थिक सुधार र पारदर्शिताको दाबी : उनले पशुपति क्षेत्र विकास कोषलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित भेटी, दान र आर्थिक कारोबारलाई पूर्ण डिजिटल र पारदर्शी प्रणालीमा लैजानुपर्ने बताएका छन् । धर्मशाला, पसल तथा अन्य संरचनाहरूलाई प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमार्फत व्यवस्थापन गरिने तथा अनियमित आर्थिक गतिविधि पूर्ण रूपमा नियन्त्रण गरिने योजना समेत प्रस्तुत गरिएको छ ।

नेतृत्वबारे कडा सन्देश : हुमागाईले आफूले कोषको सदस्य–सचिव पदका लागि आवेदन दिएको जानकारी दिँदै अवसर पाए कुनै पनि सरकारी सुविधा, तलब वा भत्ता नलिने प्रतिबद्धता जनाएका छन् । उनका अनुसार सम्पूर्ण भेटी र शिवस्व केवल धर्म, सेवा र सामाजिक कल्याणका लागि मात्र प्रयोग गरिनेछ ।

अन्तर्राष्ट्रिय धार्मिक विस्तार योजना : उनले पशुपतिनाथलाई विश्व हिन्दू तीर्थका रूपमा स्थापित गर्न विश्वभरका भक्त समुदाय, गैरआवासीय नेपाली र धार्मिक संस्थासँग समन्वय आवश्यक रहेको बताएका छन् । अनलाइन पूजा, दर्शन तथा भेटी समर्पण प्रणाली विस्तार गर्दै नेपाललाई विश्व धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने योजना पनि उनले अघि सारेका छन् ।

अन्त्यमा ठूलो दाबी : अन्त्यमा उनले यदि सक्षम, योग्य र निष्ठावान नेतृत्व उपलब्ध नभए आफूलाई अवसर दिन आग्रह गर्दै आफ्ना संकल्प र प्रतिबद्धता पुनः सार्वजनिक गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।