२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित एभन गा:ड बोर्डिङ स्कूलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान तथा विदाई गरेको छ।

विद्यालयले शुक्रबार आयोजित विशेष कार्यक्रममा एसईई उत्तीर्ण २३ जना विद्यार्थीलाई खादा, फोटो फ्रेम तथा सम्मानपत्र प्रदान गर्दै विदाई गरेको हो। साथै, कम्प्युटर विषयमा सम्पूर्ण विद्यार्थीले ४ जीपीए हासिल गर्न सफल भएकोमा कम्प्युटर शिक्षक अमर रिजाललाई पनि विद्यालयले सम्मान गरेको छ।

प्रोफेसर डा. सुरेन्द्र बहादुर ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रमुख कार्यकारी अधिकृत देहकृष्ण श्रेष्ठले विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमाणपत्रलाई सफलताको एउटा ढोकाको चाबी मात्र भएको उल्लेख गरे। उनले त्यसपछिको यात्रामा व्यावहारिक ज्ञान, सीप र सकारात्मक सोचको आवश्यकता पर्ने भन्दै विद्यार्थीलाई निरन्तर सिकाइ र आत्मविकासमा लाग्न सुझाव दिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मानिक कुमार श्रेष्ठले एसईई उत्तीर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षा तथा आगामी जीवन यात्राका लागि शुभकामना व्यक्त गरे।

सम्मान तथा विदाई कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति अन्तर्गत आकर्षक नृत्य प्रस्तुत गरेका थिए। विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।