२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडाैं । काठमाडौंको कुलेश्वरस्थित एभन गार्ड बोर्डिङ स्कूलमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। बिहीबार विद्यालय परिसरमै आयोजना गरिएको उक्त शिविर एभन गार्ड बोर्डिङ स्कूल र समाज डेन्टल अस्पतालको संयुक्त संयोजनमा सञ्चालन गरिएको हो।

शिविरमा विद्यालयका कुल ४७५ जना विद्यार्थीले दन्त परीक्षण गराएका थिए। जसमध्ये प्रि–प्राइमरी तहका ११६ जना, प्राइमरी तहका १८७ जना र माध्यमिक तहका १७२ जना विद्यार्थी सहभागी भएका थिए। त्यस्तै ३२ जना शिक्षक र ७ जना आया दिदीहरू गरी जम्मा ५१४ जनाले दाँतको परीक्षण गराएका छन्।

समाज डेन्टल अस्पतालबाट शिविरमा २ जना चिकित्सक, १ जना दाँत सफा गर्ने स्वास्थ्यकर्मी, १ जना चियर साइड असिस्टेन्ट र १ जना व्यवस्थापन प्रतिनिधि उपस्थित थिए। परीक्षणका क्रममा धेरैजसो विद्यार्थीको दाँतमा किरा लागेको पाइएको जनाइएको छ।

चियर साइड असिस्टेन्ट मनिषा जोशीका अनुसार सही तरिकाले ब्रस नगर्ने, धेरै गुलियो तथा जंकफुड खाने र खाना खाएपछि ब्रस नगर्ने बानीका कारण बालबालिकाको दाँतमा समस्या देखिने गरेको छ।

चिकित्सक स्वीकृति देवकोटाले विद्यार्थीहरूलाई दिनमा दुई पटक ब्रस गर्न, खानेकुरामा ध्यान दिन र दाँतमा समस्या नदेखिए पनि समय–समयमा दन्त परीक्षण गराउन सुझाव दिनुभयो।

समाज डेन्टल अस्पतालको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा रहेको छ। अस्पतालले काठमाडौंका विभिन्न स्थानमा शाखा विस्तार गरी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको व्यवस्थापन पक्षले जनाएको छ। कुलेश्वर शाखाको सहकार्यमा एभन गार्ड बोर्डिङ स्कूलमा उक्त शिविर सञ्चालन गरिएको हो।

शिविरमा दन्त परीक्षण गराएका प्रत्येक व्यक्तिलाई अस्पतालको तर्फबाट एक थान ब्रस र कोलगेटसमेत वितरण गरिएको थियो।

पोखरा। पृथ्वीचोकस्थित पोखरा बसपार्क अगाडिको संस्थान क्षेत्रमा अवैध रूपमा बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ।

पोखरा उपत्यका नगर विकास समितिको मातहतमा रहेको जग्गामा विभिन्न राजनीतिक दल निकट मजदुर संगठन तथा संस्थाहरूले बनाएका संरचनामा डोजर चलाइएको हो। सहारा क्लब, हिमाली सांस्कृतिक परिवार र सामुदायिक प्रहरी सेवाका संरचना हटाउन थालिएको छ।

उक्त क्षेत्रमा ट्रेड युनियन तथा विभिन्न संस्थाले संरचना बनाएर भाडासमेत उठाउँदै आएको बताइएको छ। नेकपानिकट मजदुर संगठनले भने यसअघि नै अस्थायी संरचना हटाएर स्थायी संरचनाको चाबी सम्बन्धित निकायलाई बुझाइसकेको थियो।

हङकङ बजार अगाडिको संरचना हटाउनुअघि त्यहाँका व्यवसायीले रातिसम्म सामान उठाएर ठाउँ खाली गरेका थिए। सोही क्षेत्रमा सहारा क्लबले सञ्चालन गरेको सार्वजनिक शौचालयसमेत रहेको छ।

संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना जारी गरिएको थियो। उक्त सूचनाको म्याद जेठ ९ गते सकिएको थियो।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार ती संरचना हटाएपछि सडक चौडा गरिनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।