२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडौँ । एनसेलले प्रतिष्ठित ISO-9001 र ISO-14001 मान्यता प्राप्त गरेको छ । यी अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डहरूले कम्पनीको सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्ने तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई उजागर गरेका छन् ।
ISO-9001 गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम) को विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधानहरू पूरा गर्न व्यावसायिक प्रतिष्ठानहरूले आवश्यक प्रक्रियाहरू अपनाउने गरेको सुनिश्चित गर्दछ । त्यसैगरी, ISO-14001 ले वातावरणीय व्यवस्थापन प्रणाली (एन्भाइरमेन्टल म्यानेजमेन्ट सिस्टम) को मापदण्ड निर्धारण गर्दछ, जसले सङ्घ संस्था तथा व्यवसायहरूलाई उनीहरूको वातावरण प्रतिको जिम्मेवारी, फोहरमैला व्यवस्थापन र विद्यमान कानुन तथा नियमहरू प्रभावकारी रूपमा पालना गर्न मार्गदर्शन गर्दछ ।

“ISO-27001:2022 (आइएसएमएस) र ISO-27701:2019 (पीआईएमएस) डाटा सुरक्षा तथा गोपनीयताका मान्यताहरू प्राप्त गरेपछि अब ISO-9001 र ISO-14001 को मान्यता पाउनु हामीले प्रदान गर्ने सेवाको गुणस्तर प्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो,” एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने ।
“बिजनेस टु कन्ज्युमर (बी टु सी), बिजनेस टु बिजनेस (बी टु बी) वा बिजनेस टु गभरमेन्ट (बी टु जी) जुनसुकै सेवा भए पनि यी मान्यताहरूले हाम्रो व्यवसाय विश्वव्यापी रूपमा मान्य मापदण्डअनुसार बलियो रूपमा सञ्चालित छ भन्ने कुरा गरेको छ ।”
एनसेलले पुस २०८१ मा ISO-27001:2022 (आइएसएमएस) र ISO-27701:2019 (पीआईएमएस)को मान्यता प्राप्त गरेको थियो । उक्त प्रमाणीकरण यो वर्ष पनि नवीकरण गरिएको छ । यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार सेवा प्रदायक हो ।
यी दुई प्रमाणीकरणहरुले नेपालको द्रुत गतिमा विकास भइरहेको डिजिटल परिदृश्यमा कम्पनीको उत्कृष्ट सञ्चालन र दिगोपनप्रति एनसेलले ध्यान केन्द्रित गरेको कुरालाई पुष्टि गर्दछ । ग्राहकहरूका लागि यसको अर्थ थप भरपर्दो नेटवर्क पर्फर्मेन्स, अझ उत्तम सेवा गुणस्तर र वातावरणीय रूपमा जिम्मेवार सञ्चालन सुनिश्चितता हो। त्यस्तै उद्यमी तथा व्यवसायहरूले दक्षता वृद्धि, जोखिम न्यूनीकरण र बढी प्रतिस्पर्धात्मक क्षमता प्राप्त गर्दछन् भने साझेदार, नियामक निकाय तथा लगानीकर्ताहरूले एनसेलको जबाफदेहिता, कम्प्लायन्स र निरन्तर सुधारप्रतिको प्रतिबद्धताबाट आत्मविश्वास प्राप्त गर्न सक्नेछन्।
यी प्रमाणीकरणहरुको सदुपयोग गर्दै विश्वस्तरीय डिजिटल सेवाहरू उपलब्ध गराउन र पर्यावरणीय संरक्षणलाई पनि प्रवद्र्धन गर्न कम्पनी प्रतिबद्ध रहेको छ ।

चेन्रइ, भारत। भारतमा रोजगारीका क्रममा रहेका नेपाली नागरिकका समस्या र राष्ट्रिय सरोकारका विषयलाई भारत भ्रमणका क्रममा प्राथमिकतामा राख्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई आग्रह गरिएको छ।

तमिलनाडु राज्य, भारतमा कार्यरत गोकुल शर्माले खुला पत्रमार्फत भारतमा रहेका झण्डै ४० लाख नेपालीको पीडा, अपेक्षा र राष्ट्रिय स्वाभिमानसँग जोडिएका मुद्दा उठाउन आग्रह गरेका हुन्।

पत्रमा नेपाल–भारत सम्बन्धलाई नजिकको र ऐतिहासिक सम्बन्धका रूपमा उल्लेख गर्दै दुई देशबीच मित्रता भए पनि सीमा विवाद, राष्ट्रिय स्वाभिमान र प्रवासी नेपालीको सुरक्षाका सवाल अझै समाधान हुन नसकेको बताइएको छ।

शर्माले विगतका उच्चस्तरीय भ्रमणहरूमा फोटो सेसन, रात्रिभोज, रातो कार्पेट र औपचारिकताले प्राथमिकता पाएको तर कालापानी, लिपुलेक, लिम्पियाधुरा, सीमा अतिक्रमण तथा भारतमा कार्यरत नेपालीमाथि हुने अपमान र ज्यादतीजस्ता विषयहरू प्रभावकारी रूपमा उठ्न नसकेको आरोप लगाएका छन्।

उनले यसपटकको भ्रमणलाई नेपाली जनताले परीक्षणका रूपमा हेरिरहेको उल्लेख गर्दै शक्तिशाली सरकार र त्यससँग जोडिएको दलका सभापतिको भारत भ्रमण परिणाममुखी हुनुपर्ने बताएका छन्।

खुला पत्रमा भारतमा रहेका नेपाली श्रमिकहरू विभिन्न अपमान, तिरस्कार र असुरक्षाको अनुभूति गर्न बाध्य भएको उल्लेख गरिएको छ। “भारत हाम्रो रोजगारीको आश्रय राष्ट्र पनि हो, तर यहाँ रहेका लाखौँ नेपालीका समस्या राजनीतिक नेतृत्वको प्राथमिकतामा पर्नुपर्छ,” पत्रमा भनिएको छ।

शर्माले सभापतिको भारत भ्रमणले प्रवासी नेपालीप्रति राज्यको जिम्मेवारी झल्काउने विश्वास व्यक्त गर्दै भ्रमण सुखद, सार्थक र परिणाममुखी होस् भन्ने शुभकामना दिएका छन्।

दलदले, नवलपुर । कजारिया रमेश टायल्स लिमिटेडले गण्डकी प्रदेशमा आफ्नो बजार विस्तारलाई थप सुदृढ बनाउँदै नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको उक्त शोरुममार्फत कजारियाका वाल तथा फ्लोर टायलहरू स्थानीय उपभोक्तामाझ सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

शोरुमको औपचारिक उद्घाटन जेठ १२ गते दिउँसो १२ः१५ बजे गरिएको थियो। उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल वर्ल्ड-२०२४ आस्मा कुमारी के.सी., कम्पनीका वरिष्ठ प्रतिनिधिहरू तथा राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कको व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।

आधुनिक शैलीमा तयार पारिएको शोरुममा ग्राहकहरूले कजारियाका विभिन्न डिजाइन, बुट्टा र फिनिसिङ भएका वाल तथा फ्लोर टायलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकहरूले आफ्ना घर, भवन तथा विभिन्न परियोजनाका लागि उपयुक्त टायल डिजाइन सहज रूपमा छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।

उद्घाटन अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कसँगको साझेदारीले ठूला शहरभन्दा बाहिरका समुदायसम्म गुणस्तरीय टायल पुर्‍याउने कम्पनीको प्रयासलाई बलियो बनाएको बताए। उनले नवलपुर तथा आसपासका बासिन्दाले कजारियाको विश्वसनीय गुणस्तर र आधुनिक डिजाइन सजिलै प्राप्त गर्ने विश्वास व्यक्त गरे।

कम्पनीले नयाँ शोरुम सर्वसाधारणका लागि खुला भइसकेको जनाउँदै दलदले, नवलपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई नयाँ कलेक्सन अवलोकन गर्न आमन्त्रण गरेको छ।

कजारिया रमेश टायल्स लिमिटेडले नेपालमा उन्नत प्रविधिसहितको ठूलो टायल उत्पादन उद्योग स्थापना गरी टायल उद्योगमा योगदान दिँदै आएको छ। कम्पनीका अनुसार कजारियासँग ३ हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध छन्। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायललगायत समावेश छन्।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरुमहरूको सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, टिकाउ र आधुनिक डिजाइनमा उपलब्ध रहेको जनाइएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।