
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको थियो ।
१८ वैशाखबाट तत्कालीन आईजीपी राजु अर्याल अवकास भएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन् ।
सर्लाही । रामबहादुर बम्जने सम्पत्ति शुद्धिकरणको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीले रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरणमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ ।
न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई दोषी ठहर गर्ने सरकारी वकिलको दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
उनीविरुद्ध ८ करोड ५९ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।
यसअघि उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्पक्षका लागि थुनामा थिए ।
काठमाडौं । राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेकामध्ये संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता गरेका छन् । उनले यसबारे संविधानविद्हरूसँग पनि परामर्श लिएका थिए ।
सरकारले पेस गरेको ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्न सक्ने प्रावधान राखको उक्त अध्यादेश राष्ट्रपतिले फिर्ता गरेका हुन् ।
राष्ट्रपतिद्धारा यसअघि ७ वटा अध्यादेश भने जारी भईसकेका छन् ।

हुम्ला। खार्पुनाथ गाउँपालिका-४ बस्ने ६३ वर्षीय मक्क बहादुर रोकायालाई भरूवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




