
संखुवासभा । चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लिला प्रसाद राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५९ वर्षीय शिव कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
आपसी वादविवादको क्रममा शिव कुमारले खुकुरी प्रहार गर्दा लिला प्रसादको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौ । चन्द्रागिरी नगरपालिका-१५ विष्णु देवीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३ सय ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर बस्ने २५ वर्षीय सजिन महर्जन र २२ वर्षीय मनोज देउला रहेका छन् । प्रहरी वृत्त थानकोबाट खटिएको प्रहरीले बा.९२ प ४२५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ साठीबिघाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ५० मिलिग्राम सहित बुद्धशान्ती गाउँपालिका-३ राधाटोल बस्ने २६ वर्षीय कविन्द्र बस्नेत समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-३ भाषी बस्ने ४६ वर्षीय जिवन शर्मालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१० तिल्केनी बस्ने ३२ वर्षीय खगेन्द्र साउद समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट नौलाखेत समेतबाट खटिएको प्रहरीले खगेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ पुल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट र स्पास्पेन १ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय राम तामाङ समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसंखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८५ ट्याब्लेट र स्पास्पेन १ सय ८५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय विनय राई र १९ वर्षीय रूविन राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-९ डोकरेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित तुलसीपुर उपमहानगरपालिका-६ मदनआश्रित चोक बस्ने सल्यान सिद्धकुमाख गाउँपालिका-३ घर भएका १९ वर्षीय बिनय विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय अशोक सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, रतुवामाई नगरपालिका-८ दाम्राभिट्टा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ६२ वर्षीय इन्द्रराज घिमिरेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी दाम्राभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । उदयपुर सिमेन्ट महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरेन्द्रकुमार पौडेलसहित आठ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पौडेल सहित निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का प्रमुख हरि अधिकारी, बिक्री विभाग प्रमुख रामबहादुर जिसीमाथि मुद्दा चलाएको हो ।
अख्तियारले उनीहरूमाथि १२ करोडदेखि ४६ करोड रुपैयाँसम्म अनियमितता गरेको आरोप लगाएको छ ।
सुरेन्द्र पौडेल र महेश काफ्लेमाथि १२ करोड ६३ लाख भ्रष्टाचार गरेको आरोप छ भने अरुमाथि ४६ करोड ५२ लाख भ्रष्टाचार गरेको आरोप छ ।




